Aamsanchar

श्रोह्र श्राद्धमा पितृहरुको स्मरण गर्दै खनाल दम्पतिद्वारा भुमी दान

Author Image
बुधवार, असोज ६, २०७८

झापा- बहुजातीय साँस्कृतिक संग्रहालय सहितको निर्माणाधीन झापा नाटक घर लाई १ धुर जमिन दान गरि बिर्तामोड का एक दम्पती ले श्रोह श्राद्बमा आप्ना पित्रिहरुको स्मरण गरेका छन् । गोभेन्द्र बिर्तामोडेल इङ्गलिस स्कुलका प्रमुख श्री गणेश खनाल र वहाँ कि धर्मपत्नी श्री बुधमाया खनालले प्रदेश नं १ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय सहितको निर्माणाधीन झापा नाटक घरमा पुगि एक कार्यक्रम बिच समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता माधब कल्पित सहितको टोलिलाइ एक धुर जमिन बराबरको नगद रु १ लाख १ हजार रुपैयाँ को चेक हस्तान्तरण गर्दै श्रोह्र श्रद्धा को प्रारम्भ गर्नु भएको छ ।

सबै जात जाती तथा भाषा भाषीको सामुहिक अपनत्व कायम हुने गरि निर्माण भइरहेको साँस्कृतिक संग्रहालय सहितको नाटक घर ले सबैका पुर्वीय लोक संस्कार र संस्कृतिको सम्रक्षण सम्बर्द्धन गर्दै अघि बढेकोमा आफुहरु समेत हर्षित भइ यो महान र एतिहासिक कार्यमा आप्ना पृत्रिहरुको स्मरणमा सानो सहयोग गर्न पाएको खुशि लागेको खनालले बताउनु भयो ।
आप्नो जीवन कालका ८० बसन्त पारगरि ८१औ बर्षमा प्रबेश भइ सकेको र मरेर जानु अघि समाजमा केही गरेर जानपाए हुन्यो भन्ने सोचेरनै आफुले आउदो पुस्तालाई समेत सेवा सहयोग दान धर्म प्रती प्रेरित गर्ने उदेश्य ले यो श्रद्धा रुपि श्राद्बको थालनि गरेको बताउनु भएको छ ।

आप्ना २ सुपुत्रहरु गोबेन्द्र बहुमुखी महाबिद्यालयका पिन्सिपल डा। रुपक खनाल र प्याप्सन बिर्तामोड का नगर अध्यक्ष तथा झापा नाटक घर निर्माण ब्यबस्थापन समिति का सदस्य श्री उत्तम खनाल का साथ झापा नाटक घर पुग्नु भएका खनाल दम्पतीले प्रतिकात्मक रुपमा आप्ना सन्नतिलाइ समेत पृत्रिहरु प्रतिको श्रद्धा र समाज प्रतिको सेवा सहयोग र समर्पणको भावनालाई आउदा दिनमा समेत निरन्तरता होस भन्ने प्रेरणा प्रदान गर्नु भएको छ।

हाम्रो पुर्वीय सस्कार र संस्कृति बचाउदै सबै जात जाती तथा भाषा भाषीको समान अपनत्व कायम हुने गरि निर्माण भइरहेको नगरकै पहिलो नाटक घरको पुर्णतामा लागि आफुहरुबाट निरन्तर सहयोग भइरहने र यसले सबैलाई प्रेरणा प्रदान गर्न सक्नेमा आफु पुर्ण आशाबादी रहेको कुरा गोबेन्द्र महा बिद्यालयका प्रिन्सिपल डा रुपक खनालले बताउनु भएको छ । समुहका केन्द्रीय अध्यक्ष माधब कल्पित ले सञ्चालन गर्नु भएको कार्यक्रम सस्थाका बरिस्ठ उपाध्यक्ष हरि प्र भण्डारी ,संरक्षक माया सिटौला नाट्य बिभाग प्रमुख गजेन्द्र पृथक केन्द्रीय सदस्य माधब प्र सिटौला ,देवीमाया प्रसाइ , समुहका ब्यबस्थापक राजकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Views: 217

प्रतिक्रिया (०)