Aamsanchar

सुखानीले सम्झना गर्यो पूर्व अध्यक्षलाई

Author Image
बुधवार, मंसिर १, २०७३

खुदुनाबारी,

unnamed

दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ ।
सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । सुखानी सामुदायिक वनको परिसरको आयोजित कार्यक्रममा संस्थापक पूर्व अध्यक्ष ओम प्रकास सिटौला,मित्र बहादुर चौंहाङ्ग,बाबुराम बुडाथोकी,लक्ष्मी क्रान्त चापागाई,धनबहादुर तामाङ रहेका छन् ।

सम्मानित पूर्व अध्यक्षलाई जिल्ला वन इलामका सहायक वन अधिकृत एंवम दक्षिणी सेक्टर वन कार्यालय सुखानी इलामका कार्यालय प्रमुख रितेश भुषण बस्नेतले सम्मानपत्र प्रदान गदै निधारमा अबिर लगाई दिएका थिए ।

सुखानी सामुदायिक वनकी अध्यक्ष दिलमाया दासको सभापतित्वमा सम्पन्न कार्यक्रमममा नेकपा एमालेका महेन्द्र बुडाथोकी,नेकपा माओवादी केन्द्रका खुदुनाबारी अध्यक्ष पदम बराईली,राप्रपा नेपालका खुदुनाबारी अध्यक्ष इन्द्र बहादुर बुडाथोकी,जिल्ला वन इलामका सहायक वन अधिकृत इन्द्रकुमार मण्डल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सुखानी सामुदायिक वनको लेखा प्रतिवेदन कार्यालय सचिव खगेन्द्र भट्टराईले प्रस्तुत गरेका थिए भने समूहको अध्यक्षको प्रतिवेदन दासले नै प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा लेखा समितिका सिताराम भट्टराई,नागरिक वडा मञ्च खुदुनाबारी ६ की अध्यक्ष डम्बर कुमारी अधिकारी,समाजसेवी धर्मलाल लिङ्गदेन,माओवादी क्रान्तिकारीका केशव चापागाई,नेपाली काग्रेसका राम तामाङ्ग,इन्द्र कमल प्रतिष्ठानका कार्यक्रम संयोजक एंवम पत्रकार सागर गौतम लगातको आतिथ्यता रहेको थियो ।

समूहका सचिव लक्ष्मी चापागाईले संञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष धनपति खनालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर