Aamsanchar

७१ बर्षको उमेरमा नागरिकता लिएपछि फुरुङ्ग

Author Image
बिहिवार, मंसिर २, २०७३

धनकुटा।

25042016081349Nagarikata-1000x0

कोशी पहाडी जिल्ला धनकुटामा एक बृद्धाले ७१ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । धनकुटा मुढेवास–४ की सन्चरानी लिम्बुले जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा जिल्ला विकास समिति धनकुटाको संयोजनमा घर नजिकै घुम्ती शिबिर पुगेपछि नागरिकता लिएकी हुन् ।

घुम्ति शिविरमा लिम्बु जस्तै अन्य दुई बृद्धा सहित २ सय ७० ब्यक्तिले पनि नागरिकता लिएका छन् । पाको उमेरमा नागरिकता लिन पाएपछि उनी खुशी भएकी छिन् ।

जिल्ला बिकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, नेपाली सेना आयुर्बेद, पशु र कृषि बिकास कार्यलय, नेपाल प्रहरी लगायतले आफ्नो सेवा प्रदान गरेका थिए ।

महिला तथा बालबालिका कार्यालय ३५ अपाङ्ग परिचप पत्र, आयुर्बेदले २ सय १ , नेपाली सेनाले १ सय ४४ जनाको स्वास्थ्य, जिल्ला स्वास्थ्य कार्यालयले २६ गर्भवति महिलाको भिडियो ऐक्सरे गरेको जिल्ला विकास समिति धनकुटाका सुचना अधिकारी सिताराम गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर