Aamsanchar

एसपी थापालाई हटाउन चलखेल सुरु

Author Image
शुक्रवार, मंसिर ३, २०७३

(पार्थ मण्डल)
भद्रपुर,।

SP copy

जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गर्ने दायित्व जिल्लास्तरीय प्रहरी, प्रशासन प्रमुखको हो । झापाका प्रहरी, प्रशासन हाँक्ने प्रमुखले कत्तिको कानूनको पालना गर्दै जनताको सुरक्षा र सेवा प्रदान गरिरहेका छन् भन्ने आमजनताको मनमा जहिले चासो रहन्छ ।
विशेषगरी कालोबजारी, चोरी निकासी, तस्करी, अवैध कारोबार, ठगी धन्धा, लुटपाट, चोरी लगायत गैरकानूनी क्रियाकलापमा अपराधिक समूहमा आवद्ध व्यक्ति र व्यापारीले आम जनताको बिचारभन्दा फरक ढंगले झापाका प्रहरी, प्रशासनको काम र कर्तव्यको बारेमा नियालेका हुन्छन् । र, सो समूहले कानून विपरीतका कार्य गराउन आफू निकट राजनीतिक दल वा अन्य व्यक्तिगत शक्ति लगाएर भए पनि प्रहरी, प्रशासनलाई किन्न वा दवाव दिन खोज्छन् ।
प्रहरी, प्रशासन प्रमुखले तिनीहरुको लहै–लहैमा लागेर अपराधिक गतिविधिलाई प्रोत्साहन दिन्छन् भने ती प्रहरी, प्रशासन प्रमुख झापाका लागि नभएर देशकै लागि राम्रो भन्दै हिंड्छन् उनीहरु । तर प्रहरी, प्रशासन प्रमुखले अपराधिक समूहमा आवद्ध व्यक्ति वा व्यापारीको कुरालाई टेरेन र रकममा बिक्न चाहेन भने सोही समूहले उनीहरुलाई खेद्न वा हटाउन जस्तोसुकै कदम चाल्नपछि पर्दैनन् ।
यही प्रसंग जोडियो अहिले जिल्ला प्रहरी कार्यालय झापामा काजमा आएका प्रहरी उपरीक्षक (एसपी) शैलेस थापा क्षेत्रीसँग । प्रहरी स्रोतका अनुसार एसपी थापाको छुट्टै पहिचान छ । उनको काम, कर्तव्य र दायित्वमाथि कसैले आवाज उठाउन सक्दैन । उनले आफ्नो काम, कर्तव्य र दायित्व झापामा समेत निष्ठापूर्वक पालना गर्दै निष्पक्ष रुपमा गरेको कार्यले नै पुष्टि गर्दछ ।
एसपी थापा झापा आएका बेला सञ्चारकर्मीसँग गरेको परिचयात्मक कार्यक्रममा भनेका थिए– म काम गर्न झापामा आएको हँु र कानूनलाई हातमा लिएर कहिले नराम्रो काम गर्ने छैन् । गैरकानूनी रुपमा पैसा कमाउनुलाई जागिर खाएको होइन्, सरकारले दिएको तलबमै देशको सेवा गर्न चाहन्छु ।
सोही बाचा अहिलेसम्म उनले पूरा गरेको देखिन्छ । तर, एसपी थापाको निष्पक्ष र निष्ठापूर्वकको काम देखेर झापामा गैरकानूनी रुपमा काम गर्ने व्यक्ति र व्यापारीलाई पचेन र उनीहरु एसपी हटाउन लागीपरे । एसपीको काज फिर्ता गराउन ती व्यक्ति र व्यापारिक समूह अहिले दौडधुपमा छन् । प्रहरी प्रधान कार्यालयले यही मंसीर भित्र झापामा नयाँ एसपी दरबन्दी तोकेर पठाउने बुझिएको छ । काजमा बसेका एसपी थापालाई सो दरबन्दीमा नराख्न ती व्यक्ति र व्यापारीहरु राजनीतिक दलको पावरमा आइजी समेतलाई दवाव दिन चलखेल शुरु गरिसकेको प्रहरी निकट स्रोतको दावी छ ।
एसपी थापाले ती व्यक्ति र व्यापारीको कुरा मानेका भए उनलाई राख्नुपर्छ भन्थे राम्रो काम गर्ने प्रहरी प्रमुखलाई कहीं टिक्न दिँदैनन्– प्रहरी स्रोतले भन्यो । ठाकुरप्रसाद ज्ञवाली एसएसपी भएर झापाबाट गएपछि उनको स्थानमा आइजीपीले एसपी थापालाई झापा पठाएका हुन् । एसपी थापा झापा आएपछि झापामा ठूलो अपराधका घटना भएन । बरु अपराधिक समूहमा आवद्ध व्यक्तिलाई पक्राउ गरेर अदालत समक्ष पु¥याउन उनी सफल रहे ।
एसपी थापा झापा आएदेखि अहिले सम्म मोटरसाइकल चोरीमा संलग्न गिरोह , नक्कली लाइसेन्स बनाउने गिरोह, सीमा क्षेत्रबाट हुने सुपारी, सुत्र्ती, फोरेनगुड्स, लत्ताकपडा चोरी तस्करी नियन्त्रण गर्नुका साथै बरामद, बुधवारेमा हत्या भएका बालिकाको हत्यारालाई दिल्लीबाट पक्राउ, फरार अपराधी पक्राउ जस्ता मुख्य काम गरेर झापाबासीको मन जित्न सफल भएकोले केही व्यक्ति बाहेक आम नागरिकले यस्तै एसपी झापामा हुनुपर्छ भन्दै छन् ।
एसपी थापाले कसैसँग नजराना वापत रकम वा जिन्सी समेत नलिने प्रहरी प्रमुखमा पर्ने भएकाले झापाका इलाका, सीमा, चौकी र वडाका प्रहरी इञ्चार्जहरु पनि यस्तो कार्य गर्न एकपटक सोच्न बाध्य भएका छन् । एक जना प्रहरी अधिकृत भन्छन्– एसपी साबले त कसैसँग रकम खानु नै भएको छैन मैले खाएको थाहा पाए त कार्वाही गर्छन् । त्यसैले अहिले सबै इञ्चार्जहरु एसपी साब जस्तै काम गर्ने थालेकोमा उनले प्रशंसा समेत गरे । एसपी ठाकुरप्रसाद ज्ञवाली पनि काजमा झापा आएका थिए । उनलाई झापामै दरबन्दी कायम गरियो तर एसपी थापालाई काज फिर्ता गराएमा झापाका तस्कर तथा अपराधिक गिरोह फेरि सक्रिय हुने स्रोतले दावी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर