

बिर्तामोड । एभरेष्ट क्विज सिजन २ को उपाधी न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ ।
आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधी सँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो ।
प्रतियोगिताको फस्ट रनर अफ ग्लोबल एजुकेश्नल एकाडेमी दमक र सेकेण्ड रनर अप मोडल कलेज दमक बन्न सफल भएका छन् । फस्ट र सेकेण्ड रनरअपले क्रमस नगद सहित मेडल ट्रफी हात पारेका छन् ।
ड्रिम्स वल्र्ड इन्टरटेण्टमेण्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १ सय ४ बिद्यालय तथा कलेजहरुको सहभागिता थियो । ड्रिम्स वल्र्डले प्रत्येक बर्ष हाजिरी जवाफ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बिजेता तथा उपबिजेताहरुलाई कार्यकारी निर्देशक सरोज खरेल तथा प्रोजेक्ट हेड रोहित दाहालले पुरस्कार बितरणगर्नु गरेका थिए । प्रतियोगिताको क्विज मास्टरको रुपमा प्रणित पुडासैनी रहेका थिए ।

Views: 227


