Aamsanchar

झापामा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु

Author Image
बुधवार, असोज २७, २०७८

झापा । झापा भद्रपुर नगरपालिका ४ रंगेडाँडामा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् ।

आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका राजवंशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको प्रदेश प्रहरी कायाृलयले जनाएको छ ।

गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर