Aamsanchar

अर्जुनधारामा एमालेको भोली चुनाब हुने, अध्यक्षमा गोम्देन र गौतमको भिडन्त

Author Image
बिहिवार, कार्तिक ११, २०७८


अर्जुनधारा । नेकपा एमाले अधिवेशन अन्तरग अर्जुनधारा नगर कमिटी अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी कायमैै रहेको छ ।

आज विहान सम्म तिनजना उम्मेदवारको नाम अगाडी आएको थियो भने एकजना उम्मेदवार प्रेमसागर सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब अध्यक्ष पदको लागि अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन र वडा नम्बर ६ का वडाध्यक्ष लोकनाथ गौतम चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका दावेदार गोम्देन नयाँ पुष्ताका विकास प्रेमी, जनसम्पर्कको हिसावले पनि नगरमा एक कदम अगाडी रहेका छन् । उनले आफ्नो वडामा गरेको विकासलाई हेर्दा एक सशक्त नेताको रुपमा आफूलाई स्थापित गराउन सफल व्यक्तिमा पर्छन् । त्यसैगरी अर्का दावेदार उम्मेदवार गौतम पार्टीका पुराना नेताको रुपमा परिचित छन् ।

आज दिनभरी पार्टीको तर्फबाट अधिकतम सहमतीको प्रयास भएको थियो । तर दुबैजनाले उम्मेदवारी फिर्ता नलिए पछि अन्तिममा आएर निर्वाचन समितिले भोली विहान ८ बजे निर्वाचन हुने सुचाना जारी गरेको छ । सोही अनुसार भोली अर्जुनधारमा एमाले पार्टीको चुनाव हुने भएको हो ।

त्यसैगरी उपाध्यक्ष पदका लागि पनि दुईजनाको उम्मेदवारी रहेको छ । उम्मेदवारी दिनेहरुमा खगेन्द्र इङनाम र लोकमान श्रेष्ठ रहेका छन् । सचिव पदमा भने लवकुश गौतम र्निविरोध चयन भएका छन् । उपसचिवमा कमला भण्डारी र सरीता भण्डारी चुनावमा भिड्ने भएका छन् ।

सहमती र सहकार्यलाई प्रार्थमितामा राखेर सुरु भएको अधिवेशनमा अझै पनि सहमतीको प्रयास भईरहेको छ । भोली विहान सम्म सहमतीबाटै पदाधिकारी चयन गर्नतर्फ स्थानिय नेता कार्यकताहरु लागि परिरहेको एक एमाले नेताले आमसंचारलाई बताए ।

Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर