Aamsanchar

पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न माग

Author Image
बुधवार, मंसिर ८, २०७३

मोरङ ।

download

मोरङको अमरदहको पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् ।

पोखरीमा बाह्रैमास रातो र सेतो फूल फुल्नु नै कमलपोखरीको विशेषता भएकाले संरक्षण गर्न सरकारसँग माग गरिएको स्थानीय सरदार राजवंशीले बताउनुभयो । दक्षिणी मोरङको हसन्दह र अमरदह गाविसले छोएको सुन्दर केचनाबजारमा रहेको कमलपोखरीको संरक्षणमा ध्यान दिए राष्ट्रियस्तरमा चिनाउने पर्यटकीय क्षेत्र बन्ने स्थानीयवासी सुमित्रा भुषालले विश्वास व्यक्त गर्नुभयो ।

चार बिघा क्षेत्रमा फैलिएको पोखरीको वरिपरि विभिन्न मन्दिर छन् । पोखरीको आसपासमा शिव, दुर्गा, किराँतेश्वर लगायत विभिन्न देवीदेवताका मूर्ति प्राचीनकालदेखि रहेकाले कमलपोखरी धार्मिक हिसाबले पर्यटकीयस्थल बन्ने स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर