

झापा । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला सभापति पदका उम्मेदवार बनेका राम कट्टेलले उप सभापति र सचिव पदका उम्मेद्वारको समेत नाम सार्वजनिक गरेका छन् ।

मंगलवार बिर्तामोडमा राम कट्टेल जिताउ अभियानको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमकका बीच सभापति पदका उम्मेद्वार कट्टेलले उपसभापति पदमा केदर शम्सेर गिरी र सचिव पदमा विश्वदीप लिङ्देनको नाम सार्वजनिक गरेका हुन् । उपसभापति पदका उम्मेद्वार बनेका गिरी जनआन्दोलका सहिद राजन गिरीका पिता हुन् । उनी अर्जुनधारा नगरपालिका–५ का स्थायी वासिन्दा हुन् ।
सचिव पदका उम्मेद्वार लिङ्देन दमक निवासी हुन् । उनले यस अघि संविधान सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।

आफ्ना टिमको उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै सभापति पदका उम्मेद्वार कट्टेलले आसन्न निर्वाचनमा राम कट्टेल एक्लैले जित हासिल गर्ने नभई परिर्वतनका पक्षमा उभिने सबै कांग्रेसका नेता तथा कार्यकर्ताले जित हासिल गर्ने धारणा राखे । पार्टीलाई गुट भन्दा माथि उठाएर लैजाने प्रतिवपद्धता जनाएका उनले आफू पार्टी सभापति पदमा निर्वाचित भएको खण्डमा पार्टीको गरिमालाई समेत उच्च राख्दै लाने बताएका छन् ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवत्ता विश्वप्रकाश शर्माले स्वच्छ छविका सालिन नेता राम कट्टेललाई जिताउन आग्रह गरेका छन् । उनले अब युवाले राजनीतिमा परिर्वतन चाहेकाले परिर्वतन जरुरी रहेको धारणा राखे ।
पार्टी सचिव तारवीर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री वीरमणी ढकाल, गोपाल कुमार वस्नेत, उशा गुरुङ, लगायतले बोलेका थिए ।

