बिर्तामोड – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका फियाकलाई सर्वसम्मत चयन गरिएको छ । फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत गरिएको हो । अधिवेशन गत मंसिर २५ गते उद्घाटन भएको थियो ।
शनिबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सबिना राई ,सचिव तिलक योन्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा प्रतीक्षा राजवंशी,सुरेश थापा आलेमगर,डिल्लीश्वर लिम्बू, एकराज प्रधान , सुजन प्रधान र धनकुमार लावती रहेका छन् ।
त्यसैगरी प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक , कविध्वज राई , सजन राई , सनिला राई , सर्णीमा राई , सुमन बेघा , मिना नेम्बाङ , निरन राई , लीला राई ,. सौरभ मुखिया ए र सौरभ मुखिया बी चयन भएका छन् । त्यस्तै संघीय प्रतिनिधिमा देशराज नेम्बाङ , भारती राई , रमेश राई समदर्शी , गणेशमान मुखिया , विशाल नेम्बाङ , यज्ञराज सुब्बा (विष्णु) र आनन्द गुरुङ रहेका छन् ।