कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा यही पुष १७ गते देखि सुरु भई २१ गते समापन हुनेगरी प्रदेश १ पालिका स्तरिय कनकाई कप लिग नकआउट खुल्ला भलिबल खेल हुने भएको छ ।
सुरुंगा जेसीज आयोजक र रोटरी क्लव अफ सुरुंगा सह–आयोजक रहेर खेल खेलाईने आज (मंगलबार) सुरुंगाको होटल डिलाईटमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा आयोजक संस्था सुरुंगा जेसीजले जानकारी दिएको हो ।
खेलमा प्रदेश १ का ८ वटा पालिकाहरुले सहभागी जनाउने भएका छन् । त्यसका लागि भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, इलामको माईजोगमाई नगरपालिका, झापाका दमक, भद्रपुर, कनकाई नगरपालिका र झापा गाउँपालिकाको तर्फबाट खेलाडीहरुले सहभागी जनाउने खेल संयोजक विवेक शिवाकोटीले जानकारी दिए ।
खेलको आर्कषण बढाउन हरेक पालिकाले पालिका बाहिरका ३–३ जना खेलाडीलाई समावेस गर्नु पर्ने नियम बनाएको छ । जस अनुसार राष्ट्रिय स्तरका खेलीडीहरुको पनि सहभागी हुन सक्ने छन् ।
प्रतियोगितमा प्रथम हुने टिमलाई १ लाख १ हजार नगद प्रमाण–पत्र र मेडल प्रदान गर्ने, त्यसैगरी दोस्रो हुनेलाई ५१ हजार १ सय १ रुपियाँ, तेस्रो हुने टिमले २५ हजार ५ सय ५५ रुपियाँ, प्रमाण–पत्र र मेडल प्राप्त गर्ने आयोजक समितिका राजु पाठकले जानकारी दिए ।
९ लाख १६ हजार ७ सय ७७ रुपियाँ खर्च अनुमान गरिएको प्रतियोगिताको लागि प्रायोजकहरु पनि जोडिन थालेका छन् । जस अनुसार मुख्य प्रायोजन नेपाल बहुउदेश्य सहकारी रहने भएको छ । सहप्रयोजन मेचीनगरका नरेन्द्र मेचेले गर्ने भएका छन् । बिर्तामोड निवासी हाल कतारमा कार्यरत विकाश प्रसाईंले आफ्नो भाई विनोद प्रसाईंको स्मृतिमा प्रथम पुरकार प्रदान गर्ने पक्का भएको सुरुंगा जेसजकी अध्यक्ष उषा यदुका उप्रेतीले बताईन् ।
विगत ४ बर्ष अघीसम्म लगातार चौथो संकरण सुरुंंगा गोलकप फुटवल प्रतियोगिता सम्पन्न गरेर सुरुंगालाई खेलको क्षेत्रबाट परिचित गराउन सफल बनेको जेसीजले अब भलिबल खेललाई निरन्तर दिन बार्षिक कार्यक्रमनै बनाएको छ । यस बर्ष पालिका स्तरिय खेल सम्पन्न गर्ने र आगामी बर्षहरुमा पालिका हुदै जिल्ला, प्रदेश र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तको भलिबल प्रयोगिता गराउने लक्ष्य रहेको सुरुंगा जेसीका पूर्व अध्यक्ष जविन तिम्सिनाले बताए ।
सुरुंगा जेसीजले २०६६ सालमा वडा स्तरीय र २०७८ सालमा जिल्ला स्तरिय नकआउट भलिबल प्रतियोगिता सम्पन्न गराई सकेको छ ।