Aamsanchar

कांग्रेस केन्द्रीय सदस्यमा रामचन्द्र पौडेल र विजय गच्छदारसहित १० जना मनोनीत

Author Image
शनिवार, पौष १७, २०७८

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनीत गरका हुन्।

मनोनीत हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन्। कांग्रेसको १४औं महाधिवेशनमा पौडेलले सभापति बन्न नपाएपछि निर्वाचन पक्रियामा भाग नै लिएका थिएनन्।

यता निधि र सिंह सभापतिमा पराजित हुँदा उपभासतपमा गच्छदार, कोइराला पराजित भएका थिए। कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर