Aamsanchar

हरिनसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Author Image
सोमवार, मंसिर २०, २०७३

बर्दिबासः

blackbuck-172259_960_720-58456230c822d1.92872728

हरिनले बाटो काट्दा भएको मोटरसाइकल दुर्घटना परेर महोत्तरीको लक्ष्मिनियाँ ५ मा मोटरसाइकल चालकको घटना स्थलमा मृत्यू भएको छ ।

हरिनलाई ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आइरहेको ट्रकले सोमबार किच्दा जनकपुर उपमाहानगरपालिका -२४ बस्ने ३० बर्षीय रोहित कुमार महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका इस्पेक्टर जीवन गिरीले बताए ।

स४प २९६७ नम्बरको मोटरसाइकलमा सवार महतोले बाटो काट्दै गरेका हरिनलाई ठक्कर दिएर सडकमा लडेका थिए ।

त्यसैबेला बर्दिबासबाट दु्रत गतिमा पथलैया जादैं गरेको ना २ ख ८११५ नम्बरको ट्रकले सडकमा लडेर अचेत अवस्थामा रहेका महतोलाई ट्रकले किच्दा उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
महतोलाई किच्ने ट्रक र त्यसका चालक इप्रका बर्दिबासको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर