Aamsanchar

लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौँ।

timthumb

लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।  आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो ।

गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको उहाँले जानकारी गराउनुभयो ।

कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ । पुरुषको भने ४६.५ प्रतिशतले आवेदन दिने गरेका छन् । महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहनुभएका हुमागाईंले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आयोगमा आव २०७१÷०७२ देखि महिलाको पुरुषकोभन्दा बढी आवेदन पर्ने गरेको छ । महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको उहाँले जानकारी गराउनुभयो । तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ ।

आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८.८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९.६ प्रतिशत पर्ने गरेको छ । पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६.९ प्रतिशत आवेदन पर्ने गरेको छ ।

यसैगरी, आयोगमा १० जातिकाले बढी आवेदन दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनमा ब्राह्मण, क्षेत्री, मगर, थारु, यादव, नेवार, राई, तामाङ, तेली र दलित जाति रहेका छन् भने नेपाली, मैथिली, थारु, भोजपुरी र नेवारी मातृभाषा बोल्ने बढीले आवेदन दिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१