Aamsanchar

त्रिविले कोरोनाका कारण रोकिएको परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने

Author Image
बुधवार, माघ १९, २०७८

काठमाडौं –त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोनाका कारण रोकिएको वार्षिकलगायत परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ। त्रिविले धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ।

त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार ३ बर्से एल.एल.बी. तेस्रो वर्षको नियमित परीक्षा यही फागुन १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

त्यस्तै, २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको ४ बर्से बी.एससी. चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ गतेदेखि सञ्चालन हुनेछ।

परीक्षा १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ। अरु संकायको परीक्षा तालिका पनि त्रिविले सार्वजनिक गरिरहेको छ।

त्रिविले नेपालमा पुन: कोरोना संक्रमण तीव्र फैलिएपछि माघ ९ गतेदेखि सञ्चालन भइरहेका नियमित सबै परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरेको थियो।

Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर