Aamsanchar

झापामा स्वास्थ्य महोत्सव हुँदै

Author Image
बुधवार, मंसिर २९, २०७३

झापा ।

SAMSUNG CAMERA PICTURES
सुरक्षित जीवनका लागि सुरक्षित सवारी, स्वास्थ्यका लागि स्वास्थ्य तरकारी लगायतका विभिन्न आठवटा उद्देश्य राखेर नेपालमा नै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव –२०७३ हुने भएको छ ।
महोत्सवमा नेपाल तथा भारत लगायत विश्वप्रसिद्ध चिकित्सकले सेवा प्रदान गर्ने भएका छन् । झापाको मेचीनगर नगरपालिका – १२ स्थित इँटाभट्टामा स्वास्थ्य महोत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । नेपालमा अन्य थुप्रै खालका महोत्सव भएपनि स्वास्थ्य महोत्सव भने झापामा पहिलो हुन लागेको आयोजनकले दावी गरेको छ ।

नेपाली कांग्रेस झापाले महोत्सवको आयोजना गरेको र महोत्सवमा ३५ हजार बढीले स्वास्थ्य सेवा लिन सक्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा प्रथम स्वास्थ्य महोत्सव मूल आयोजक समिति संयोजक इन्द्रवहादुर वुढाथोकीले बताउनुभयो । महोत्सव माघ ८ गतेबाट माघ १५ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न इन्द्रवहादुर वुढाथोकीको संयोजकत्वमा ५ सय ३७ सदस्यीय मूल आयोजक समिति समेत गठान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा जटिल प्रकारका शल्यक्रियासम्म गरिने व्यवस्था मिलाइने महोत्सव अवधारणा संयोजक समेत रहनुभएका शर्माले बताउनुभयो ।

उहाँले महोत्सवमा काठमाडौंका विभिन्न हस्पिटलबाट विशेषज्ञसहितको टोली आउने र विदेशबाट पनि विशेषज्ञको टोलीले सेवा दिने बताउनुभयो । डिजिटल प्रविधिबाट ः महोत्सवमा ल्याब, भिडियो एक्सरे, एक्सरे, मुटुको इको, शल्यक्रियासहित अन्य थुप्रै सुविधा प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर