झापा-झापासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चारजना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।