काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोध कायमै राखेको थिए ।

एमसीसीको विरोधमा सांसदहरु देव गुरुङ, भीम रावल, प्रेम सुवाल र दुर्गा पौडेल बोलेका थिए ।
बैठकमा लोकसेवा आयोग विधेयक र राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पनि पेश भएको छ ।

Views: 225


