चारपाने । झापा बिर्तामोड–२ चारपानेका समिन खतिवडाले ईन्जिनियर विधाबाट नेपाल टप गरेका छन् । उनलाई डिन लिष्टको राष्ट्रिय उपाधि समेत प्रदान गरिएको छ । पोखरा विश्व विद्यालयमा आइतबार आयोजित दिक्षान्त समारोहबाट उनलाई यो उपाधी प्रदान गरिएको हो ।
बिर्तामोड–२ चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयबाट २०७० सालमा एस एल सि उत्रिण गरि जेभियर उच्च मा.वि काठमाडौबाट प्लस टु उत्रिण गरेका समिनले त्यस पछिको उच्च शिक्षाका लागि पोखरा बिश्वबिध्यालयको सिभिल ईञ्जिनियर बिधामा भर्ना भए का थिए ।
झापाली युवा रंगकर्मी माधब कल्पित र चलचित्रकर्मी सुजना खतिवडाका सुपुत्र समिन एक कलाकार पनि हुन् । उनि क्षितिज नाट्य प्रतिष्टान प्रदेश १ का केन्द्रीय सदस्यको रुपमा आवद्ध रहेका छन् । बाल्यकाल देखि नै कला साहित्य र रचनात्मक कार्यमा बढि रुचि राख्ने समिन खतिवडाले नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रृखला कुरा अर्को छ र बिहानीमा सञ्चारकर्मी को भुमिका निर्वाह गरेका छन् ।
छोराले प्राप्त गरेको उपलब्धीमा बुवा माधव कल्पितले भने ‘हाम्रो परिवार सामान्य आर्थिक अवस्थामै चल्दै आएको थियो । समिनले कलाकारिता बाहेक फरक बिधाको अध्ययन त्यसमा पनि ईञ्जिनियर जस्तो महगो शिक्षा हासिल गर्ने प्रस्थाव गरेपछि म अत्यन्तै चिन्तित बनेको थिए ।’ ‘तर छोराको अध्ययन प्रतिको लगाव र मेहतनको कारणले आज सम्म उत्कृष्ठै बन्दै आएर विभिन्न छात्रवृद्धि देखि रोजगारी गरेर आफै अध्ययन पुरागर्दा सम्म हामिले कुनै ठुलो आर्थिक भार बेहोर्नु नपरेन’ ‘कागजी शिक्षा भन्दा बढी संस्कार हुनुपर्छ, असल शिक्षा बाट पाउने समुन्नत संस्कार कै प्रतिफल यो उनले प्राप्त गरेको राष्ट्रिय उपाधि हो।’
छात्रवृद्धिमा पहिलोपटक नाम निकालेका समिन खतिवडाले हरेक सेमिस्टारमा नेपाल टप गरे संगै उनको पढाइमा अझ हौषला र प्रेरणा बढदै गयो । चार बर्षको दौरानमा ईञ्जिनियर सक्न करिव १६ लाख खर्च गर्नु पर्नेमा उनले उल्टै त्यो भन्दा बढि कमाउन सफल भएको आमा सुजना को भनाई छ । आमा सुजना भन्छिन ‘पढाइमा तृष्ण क्षमता भएका उनी घरायसी काममा समेत उतिकै निपूर्ण छन्न । खाना पकाउन,घर को सरसफाइ गर्न, भाँडा माझ्न लुगाकपडा धुन देखि करेसा बारीमा साग सब्जी लगाउन समेत उनलाई कसैले अराउनु पर्दैन । घरमा छोरा आउदा इञ्जिनियर हैन एक संस्कार युक्त बुहारी आएको महसुस हुन्छ ।’
रंङ्गकर्ममा आफ्नो सिङ्गो जीवन समर्पण गरेर पछिल्लो समय प्रदेश १ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यमा जुटेका परिकल्पनाकार तथा अभियन्ता उनका पिता माधब कल्पित दम्पतीका रंङ्ग मञ्चमा देखिएका दुई सन्तान मध्ये छोरी समीक्षा प्रथम मीस मेची तथा मिस ग्राण्ड झापा –२०१६ को विजेता हुन् हाल उनी कनकाइ न पा वडा न–४ को स्वास्थ्य प्रमुख भएर काम गरिरहेकी छन् । छोरा छोरीलाई डाक्टर र ईञ्जिनियर बनाउने हरेक बुवा आमाको सपना भए पनि कतिको साकार हुन्छ कति अधुरै रहन्छ जे होस् कल्पित दम्पती को भने दुबै सपना साकार भएको छ ।