[भरत शिवाकोटी]
युएईे,
युएईमा क्रियासिल रहेको एमालेको जन संगठन प्रवासी नेपाली मंच, युएई दुवई क्षेत्रले आफ्नो क्षेत्रीय अधिबेशन गत शुक्रबार १६ डिसेम्बर २०१६ का दिन दुवईमा सम्पन्न गरेको छ ।
प्रवासी नेपाली मंच युएईका रास्ट्रिय कमिटी अध्यक्ष श्याम कडेलको प्रमुख उपस्थितिमा सम्पन्न उक्त अधिवेशनमा कमिटीका उपाध्यक्ष भिम गुरुङ, महेश गिरि,महासचिव भेसराज ढकाल,युएई भिजिटमा आउनुभएका प्रेस चौतारी नेपालका भूतपूर्व केन्द्रीय सदस्य तथा बिर्ताज्योती साप्ताहिकका प्रधानसम्पादक तिर्थराज सिग्देल,रास्ट्रिय कमिटीका सदस्यहरु,सल्लाहाकार समितीका नेताहरु र दुवई क्षेत्रमा रहेका एमाले नेता तथा कार्यकर्ताहरु,शुभेच्छुकहरु एवं एमालेमा आस्थावान व्याक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
दुई सत्रमा संचालन भएको कार्यक्रम अन्तर्गतको बन्द सत्रले निवर्तमान अध्यक्ष ओम प्रकाश न्यौपाने द्वारा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गरेपछि अधिवेशनले सर्वसम्मत रुपमा प्रकाश शर्मा खतिवडाको अध्यक्षतामा १५ सदस्य दुवई क्षेत्रीय समिती गठन गरेको छ । जसमा तिन उपाध्यक्ष क्रमश: दिपक राउत,सुवास अधिकारी र टोपलाल भुसाल रहेका छन भने सचिवमा मणिराम खतिवडा,सह-सचिवमा रमेश अधिकारी,कोषाध्यक्ष कैलाश भण्डारी तथा सदस्यहरुमा क्रमसः मदन अधिकारी,गणेश न्यौपाने, राजन चुँडाल, नेत्रलाल भुसाल,जगत क्षेत्री, अनिलकुमार श्रेष्ठ, राजु बोगटी र बिनिता विक रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि श्याम कडेंलले हिजो देखि आज सम्म नेकपा एमालेले मात्र देश र जनताको पक्षमा काम गर्दै र अडान लिदै आएको हुनाले लम्पसारवादिहरुले देश भित्र र बाहिरका शक्तिहरु सँग रास्ट्रियतालाई धरापमा राखेर आफु टिकिरहन साँठगाँठ गर्दै आएको बताएका थिए । वर्तमानमा एमालेले लिएको अडान एवं हिजो केपी ओलीले सत्ता सम्हालिरहदा देश र जनताका पक्षमा अघि सारेका विकास निर्माणका निती तथा कामहरुका आधारमा एमाले प्रति जनतामा बढेको लोकप्रियता देखेर केहि राजनीतिक पार्टीहरु आतिएर एमाले माथि प्रहार भैरहे पनि उनले त्यसबाट कोहि विचलित नहुन आग्रह गरेका थिए ।
कार्यक्रममा कमिटीका उपाध्यक्षरु, महासचिव, रास्ट्रिय कमिटीका सदस्यहरु एवं सल्लाहाकारहरुले मन्तव्य तथा नव निर्वा्चित कमिटीलाई कार्य सफलताको शुभकामना दिदै एमालेको निती र दुवई क्षेत्रमा रहेका नेपालीहरुका विभिद समस्याहरु समाधान गर्ने वारे चर्चा गरेका थिए ।
रास्ट्रिय कमिटीका सचिव कृष्ण पौडेलले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दुवई क्षेत्रका इन्चार्ज तथा रास्ट्रिय कमिटी सदस्य सुजन भाई जोशीले राखेका थिए भने सभापतित्व अधिवेशन आयोजक कमिटीका संयोजक ओम प्रकाश न्यौपानेले गरेका थिए ।