Aamsanchar

पुल निर्माण नहुँदा हरित सडक उपयोगविहीन

Author Image
आइतवार, पौष ३, २०७३

खोटाङ।

?????????????

पुल निर्माण नहुँदा खोटाङको दिक्तेल–खोटाङबजार जोड्ने हरित सडक उपयोगविहीन बनेको छ । साप्सु र तावा खोलामा पुल निर्माण नहुँदा ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार सडक उपयोगमा आउन नसकेको हो ।

बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर विसं २०६९ साल असारमा निर्माण पूरा गरेको सडक हालसम्म उपयोगविहीन बनेको छ । ¥यापले रु ३६ करोड तीन लाख ९९ हजार ३९१ को लागतमा वातावरणमैत्री प्रविधि अपनाएर सडक निर्माण गरे पनि बाटोमा पार गर्नुपर्ने दुईवटा खोलामा पुल नबनाउँदा सडक हालसम्म बेकम्मा बनेको हो ।

सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका गाविसलाई जोड्नका लागि निर्माण गरिएको एकमात्र सडक हाल उत्तिकै खर्च गरेमात्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको जिल्ला प्राविधिक कार्यालय, खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो ।

कुटो, कोदालो, ह्याम्मर, साबेल, गैँतीलगायतका घरेलु उपकरण प्रयोग गरेर स्थानीयवासीको सहभागितामा सन् २००२ देखि सडक निर्माणको काम थालेको ¥याप फिर्ता गएको लामो समय बित्दासमेत सडक उपयोगमा आउन सकेको छैन ।

सडक सञ्चालनमा ल्याउनका लागि साप्सु खोलामा मङ्सिर २२ गतेदेखि मोटरेबल पुल निर्माणको काम सुरु गरिए पनि तावा खोलामा पुल निर्माणको सुरसार छैन । तावा खोलामा दुई वर्षअघि पाँच मिटरको पक्की पुल निर्माणका लागि डिजाइन गरिएको भए पनि काम सुरु नहुँदै बाढीले चौडाइ बढाएपछि पुल निर्माणको काम रद्ध भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर