काठमाडौं,
व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो ।
बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताउनुभएको थियो ।
मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि एमाले लगायतका विपक्षी दलले त्यसको विरोधमा मंसिर १६ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अर्को बैठक पुस ७ गने १ बजेका लागि तय गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144