अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः नविन गट्टानी चयन भएका छन् ।
समितिको शनिबार सम्पन्न ३१औं साधारण सभाले गट्टानीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य एवम् धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।
सदस्य सिग्देलका अनुसार उपाध्यक्षत्रयमा भीमचन्द्र भट्टराई, चन्द्रकला भण्डारी र अम्बिकाप्रसाद सुवेदी, महासचिवमा शिवलाल खतिवडा, सचिवमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा मनोज जोशी र सहकोषाध्यक्षमा दीपक तामाङ चयन भएका छन् ।
त्यसैगरी समितिको वरिष्ठ सदस्यमा चित्रसेन भण्डारी, सदस्यहरुमा भानुप्रसाद शिवाकोटी, रमा चापागाईं, रमेश त्रिखत्री, सुशिला सुवेदी, श्याम घिमिरे, निरज ओली, धु्रवकुमार पौड्याल, हरिभक्त बराल, चन्द्र ओली, राधा बुढाथोकी, पूनम पोख्रेल सुवेदी र बेनु शिवाकोटी चयन भएका छन् ।
सोही सभाले कृष्णप्रसाद पौड्यालको संयोजकत्वमा छविलाल शिवाकोटी र मनोरथ पाण्डे सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन भएको बताइएको छ ।