

अनेरास्ववियु झापाको बलिदानीपुर्ण इतिहासलाई दस्तावेजका रुपमा उभ्याउन,सम्बन्धलाई पुनर्ताजगी गर्न अनेरास्ववियु झापाका हाल काठमाडौमा रहनुहुने पुर्व नेता तथा कार्यकर्ताहरुको एतिहाशिक भेला हिजो वाल्मीकि क्याम्पस प्रदर्शनीमार्गमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रगतिशील विधार्थी आन्दोलनका लागेका राधाकृष्ण मैनाली,अनेरास्ववियु झापाको स्थापनार्थ नेतृत्व गर्ने प्रा। डा। राजकुमार पोखरेल, अनेरास्ववियु पुर्व झापा अध्यक्ष वसन्त बानिया, वर्तमान अनेरास्ववियु अध्यक्ष सुनिता बराल लगायत झापामा विभिन्न कालखण्डमा जिम्मेवारी निर्वाह गरिसकेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२०७७ माघ २ गते लुज फोरमका रुपमा अनेरास्ववियु झापाका पुर्व नेता भरत शिवाकोटीको संयोजकत्वमा गठन भएको पुर्व विधार्थी मंच झापाले २०७७ फागुन १५ गते प्रथम पुनर्मिलन तथा वनभोज कार्यक्रम झापाको धनुषकोटि धाममा सम्पन्न गरेको थियो । जसमा झापाबाट अनेरास्ववियुको केन्द्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका नेताद्वय चन्द्र भण्डारी र हिक्मत कार्कीलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरेको छ ।

झापाको सबै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरिसकेको मञ्चले झापा अखिलमा जिम्मेवारी निर्वाह गर्नुहुने हाल काठमाडौमा रहनुहुने नेता तथा कार्यकर्ताहरुको भेला गरिएको मञ्चका अध्यक्ष भरत शिवाकोटीले बताएका छन । खास गरि अनेरास्ववियुमा विगतमा जिम्मेवारी सम्हाल्नुभएका नेता तथा कार्यकर्ताहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्नुका साथै अनेरास्ववियु झापाको इतिहासलाई अध्ययन र खोज गर्दै पुर्ण इतिहास समेटिने गरि पुस्तक प्रकाशन गर्ने लक्ष्यका साथ पुर्व विधार्थी मञ्च अगाडी बढिरहेको संयोजक शिवाकोटीले बताए।
हालसम्म एक दर्जन बढी लेखहरु संकलन भैसकेको र काठमाडौको कार्यक्रमबाट समेत झापा अखिल बारे महत्त्वपूर्ण लेखहरु थपिने कार्यक्रममा सहभागी अखिलका पुर्व नेताहरुले बताएका छन् । व्यस्तताका कारण कार्यक्रममा उपस्थित नभएका अग्रज नेताहरु संग भेटघाट भैरहेको र यो क्रम जारी रहेको मन्चले जनाएको छ ।
कार्यक्रममा मन्चका संयोजकले प्रस्तुत गरेको अवधारणा पत्र माथी सहभागी अखिलका पुर्व नेताहरुले टिप्पणी गर्दै पुर्व विधार्थी मंचले ल्याएको अवधारणाको खुलेर प्रशंषा गरेका थिए ।
उपस्थित सबैलाइ विशेष अतिथिको रुपमा राखिएको कार्यक्रममा राधाकृष्ण मैनालिले झापा अनेरास्ववियु स्थापना पुर्वको प्रगतिशील बिद्यार्थी आन्दोलन बारे जानकारी गराउदै अभियान प्रती पुर्व विधार्थी मन्चलाइ धन्यवाद ब्यक्त गर्दै साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे । वर्तमान अनेरास्ववियु अध्यक्ष सुनिता बरालले अनेरास्ववियुले गर्नुपर्ने काम पुर्व विधार्थी मन्चले गरिरहेकोमा अनेरास्ववियु जुनसुकै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताइन । कार्यक्रममा करिब एक दर्जन बढीले टिप्पणी सहित आफ्नो विचार राखेका थिए ।
भरत शिवाकोटीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन सचिव धर्मेन्द्र खड्काले गरेका थिए भने स्वागत मञ्चकी सदस्य चित्रकला पौडेलले गरेकी थिइन् ।

