Aamsanchar

बङ्गालको जलवाष्पयुक्त हावाले बद्लीः वर्षात् हुने सम्भावना

Author Image
बुधवार, पौष ६, २०७३

काठमाडौँ।

pane

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ ।

पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमबाहेक अन्य पहाडी जिल्लामा बदली छ । पूर्वी र मध्य पहाडका केही क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुने सम्भावना पनि छ ।

आकाशमा बादल लागेपछि अधिकतम तापक्रम घटेको र सूर्यको प्रकाश जमिनमा सिधा नपर्ने हुँदा केही चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली अझै एक दुई दिन जारी रहने मौसमविद् कँडेलले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक तीन र सबैभन्दा बढी २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)