Aamsanchar

विद्युत चोरीमा सम्लग्न चार महिला सहित २० पक्राउ

Author Image
बिहिवार, पौष ७, २०७३

झापा।bidutiya-saman

नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले झापाको सुरुङ्गास्थित चप्रामारीबाट विद्युत चोरीमा सम्लग्न रहेका २० जनालाई पक्राउ गरेको छ ।
विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत आज विहान विद्युतीय सामग्री सहित उनीहरुलाई पक्रउ गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्रप्रमुख तथा प्रमुख इञ्जिनियर राजीवकुमार सिहले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा प्राधिकरणले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा चार महिला रहेका छन् ।
पक्राउ परेका सवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको बताइएको छ । उनीहरुलाई विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरिने प्राधिकरण प्रमुख सिहले जानकारी दिनुभयो । विद्युत चोरीमा सम्लग्न भएकाहरुबाट पानी तान्ने मोटर, तार,मिटरवक्स आदि वरामद गरिएको बताइएको छ ।
यस अघि प्राधिकरणले गरामनीबाट विद्युत चोरीमा सम्लग्न भएकै अवस्थामा दुई दिन अघि १६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सवैलाई विद्युत चुहावट नियन्त्रण ऐन २०४९ अनुसार कारवाही गरिएको केन्द्र प्रमुख सिहले बताउनुभयो ।
प्राधिकरणले दुई महिना अघिबाट विद्युत चुवाहट नियन्त्रण अभियान सञ्चालन गरेपछि पछिल्लो समय झापामा विद्युत चुहावट दर समेत घटेको केन्द्र प्रमुख सिंहले बताउनुभएको छ ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर