दाङः

दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन् ।
Views: 173

