Aamsanchar

थापा राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन

Author Image
आइतवार, चैत १३, २०७८

  राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे । आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिए । यस्तै सोमबारदेखि अध्यक्ष लिङ्देनले विभिन्न जिल्लामा चुनाव केन्द्रीत आमसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

Views: 563

प्रतिक्रिया (०)

सम्बन्धित खबर