Aamsanchar

आइतबार सार्वजनिक विदा ,सरकारले बल्ल गर्यो निर्णय

Author Image
शनिवार, पौष ९, २०७३

काठमाडौं ।

सरकारले आइतबार क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।

यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा आइतबार क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।

तर, शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए

Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर