

विर्तामोड । झापाको विर्तामोडमा अबरुद्ध पूर्व–पस्चिम सडकमा रोकिएका सवारीहरु सुचारु भएको छ ।

राजश्व अनुसन्धान विभागका कर्मचारीसँग शुक्रबार छलफल गर्ने सहमतिपछि राजमार्ग खुलाउने निर्णय भएको उद्योग वाणिज्य संघ विर्तामोडले जनाएको छ ।

राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि बिहीबार दिउँसो व्यवसायीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए ।

विभागले बिहीबार दिउँसो बिर्तामोडस्थित साह कपडा पसलमा छापा मारेको थियो । पसलमा एक जना बालक मात्र भएको अवस्थामा विभागले छापा मारेको व्यवसायीहरुको आरोप थियो ।
यो पनि पढनुहोस् ।
विर्तामोडमा व्यवसायीद्वारा चक्का जाम, हजारौं यात्रीलाई सकस, प्रहरी मुकदर्शक
Views: 654

