Aamsanchar

आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको क्षति

Author Image
आइतवार, पौष १०, २०७३

तेह्रथुम।1482636642aaglaifinal

तेह्रथुमको सक्रान्तिबजारमा आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार आगोबाट घर र धनमालको गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ ।

आगलागीबाट घर, किराना, फेन्सी, कपडा पसल, सघसंस्थाका कार्यालय, होटल, ग्यारेज र सुनचाँदी पसल जल्दा यो क्षति भएको तेह्रथुमका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

पीडितहरुलाई निजी क्षेत्रबाट राहत संकलन तथा वितरण पनि भइरहेको छ । आजसम्म दैवी प्रकोप उद्धार समितिले संचालन गरेको ‘सक्रान्तिबजार अग्नीपीडित राहत तथा पुनःस्थापना कोष’ मा करिब ४ लाख रुपैयाँ जम्मा भएको छ ।

जिल्लामा स्थानीय शान्ति समिति र रेडक्रसले राहत संकलन गरिरहेका छन् । पुष १ गते आगलागी हुँदा सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो ।

अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर