Aamsanchar

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

Author Image
शुक्रवार, चैत २५, २०७८

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दै छ।  पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गरेको हो। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर