Aamsanchar

फेसबुकबाटै ठगी

Author Image
मङ्गलवार, पौष १२, २०७३

बिर्तामोड।sad-facebook-user-e1443336043893

के तपाई सामाजिक सञ्जाल (फेसवुक) चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस् ।
फेसबुककै माध्यमबाट साथी बनिएकाहरुले विभिन्न आश्वासन देखाएर तपाइलाई ठग्न सक्छन् । फेसवुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छन् । फेसवुकमा बनाएको साथी मार्टिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् ।
उनलाई मार्टले आफू यूकेमा रहेको र यूकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन् । माटिनले आफूसँग दुई लाख १९ हजार रुपैयाँ ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।
पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान व्यूरोलाई वुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

उनका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेष्ट वैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा मार्टिनको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

Views: 187

प्रतिक्रिया (०)