Aamsanchar

मे दिवसको पृष्ठभूमि

Author Image
आइतवार, वैशाख १८, २०७९

अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस

इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।

मे दिवसको पृष्ठभूमि

१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा ‘हे मार्केट काण्ड’ भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्य रुपमा संसारभरिका कामदारहरूले दैनिक १६ घण्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी ८ घण्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ ।

पहिलो मे दिवसको घोषणाको वाक्यांश के थियो ?

सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको ऐतिहासिक वाक्यांशको अङ्ग्रेजी र नेपाली रूपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिँजाउन चाह्यौ

THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.

अर्थात् एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ ।

माथिको वाक्यांशले उति वेलाका उधोगपती हरुलाई सम्बोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडि वाटै केही न केही हिसाबमा आजसम्म पनि उद्योगपति र श्रमिक बिचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई संस्थागत गर्न सकोस् अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मूल्य दियोस् ।

नेपालमा मे दिवस

नेपालको परिपक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरू अटाउँदछौ । विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरु मध्यको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसीनाको उपज हो । तर देश स्वयंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्ट वाटै सुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको बहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासीनता वाट थाहा हुन्छ ।

सरकारका अनगिन्ती प्रयासका वावजुत वैदेशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाउँमा छ भने देश भित्र पनि श्रमिकहरूको श्रम गरेर खाने दर्दनाक अवस्थाले बयान गर्दछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 488

प्रतिक्रिया (०)

सम्बन्धित खबर