Aamsanchar

आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार गरे साधारण सदस्य नरहने गरी कारबाही गर्छौं : लिङ्देन

Author Image
सोमवार, वैशाख १९, २०७९

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।

गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेलको प्रयास जारी छ । अध्यक्ष लिङ्देनले भने आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहोर्‍याउने दाबी गरे ।चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताए । भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै उनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिए । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौं, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं,’ उनले भने, ‘राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ ।’

Views: 433

प्रतिक्रिया (०)

सम्बन्धित खबर