झापा- १ नं. प्रदेश सुरक्षा समितिद्वारा झापा जिल्लाको अनुगमन भएको छ । आज प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षासमितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका क्षेत्रका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।
आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., ससस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान का अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी ईटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरे सगै जिल्ला सुरक्षा समितीका पदाधिकारीहरुसंग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिवज्यूले सबै सुरक्षा निकायहरुले सामुहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराउन आ-आफ्नो स्थानबाट उत्कृष्ठ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।