

झापाको कनकाई नगरपालिकामा ठुला दल एमाले र काग्रेसलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापालेको अग्रता कायममै रहेको छ । थापाको पक्षमा मत संख्याको मतान्तर पनि बढिनै रहेको छ ।

पछिल्लो जानकारी अनुसार ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै रहेको छ । थापाको मत एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि छन्। एमालेका पोखरेलले १३२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गरेका छन् ।

Views: 1086

