झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेल प्रतिष्पर्दी स्वतन्त्र उम्मेदवार शेरबहादर थापा भन्दा ७५२ मतले अगाडी बढेका छन् ।
सूर्य चिन्हका पोखरेलले हाल सम्म ४८८२ मत प्राप्त गरेका छन् भने जेब्रा चिन्हमा थापाको ४१३८ मत रहेको छ । त्यैगरी नेपाली काँग्रेसका रुद्रप्रसाद चिमरियाले ३३५१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । राप्रपाका उम्मेदवार श्यामशुन्दर ओलीले ११७१ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल झापाका भिमप्रसाद अधिकारीले ८९ मत प्राप्त गरेका छन् । मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीले १४ मत बनाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले हाल सम्म १ मत मात्र प्राप्त गरेका छन् ।
उता उप–प्रमुखमा काँग्रेसकी आशा शिवाकोटीको पक्षमा ५८२३ मत प्राप्त भएको छ । शिवाकोटीलाई पछ्याउदा पछ्याउदै पछाडी पर्दै गएकी एमालेकी उम्मेदवार मञ्जु प्रसाईले ५१५७ मत बनाएर दोस्रो स्थनमा रहेकी छन् । राप्रपाकी सचित्रा खनालले १०१२ मत प्राप्त गरेकी छन् । समाजवादीकी अम्बिकादेवी महतले ४५६ मत प्राप्त गरेकी छन् । विवेकशिल साझाकी अम्बिका चापागार्ईले ६८ मत प्राप्त गरेकी छन् । मौलिक जरोकिलोकी शान्ता ढकालले ११ मतमा रहनु परेको छ । त्यसैगरी उन्नत लोकतन्त्रकी विद्यया बराईलीले ७ मत प्राप्त गरेकी छन् ।
कनकाईमा २५३४७ मत खसेको छ । हाल सम्ममा १५ हजार १ सय ५४ मत गणना भईसकेको छ ।
कनकाईमा हिजो जेब्राले ७ सय देखि ८६५ सम्मको मतअन्तरले अग्रता कायम गरेको थियो भने सूर्यले जेब्राको अग्रताको पैंचो आज तिर्ने कोसिस गरिरहेको छ ।