Aamsanchar

कनकाई नगरपालिकाको ताजा मत परिणाम

Author Image
सोमवार, जेठ २, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलको प्रतिष्पर्दी स्वतन्त्र उम्मेदवार शेरबहादर थापा भन्दा १ हजार ४६ मतले अगाडी बढेका छन् ।

सूर्य चिन्हका पोखरेलले हाल सम्म ५ हजार ३ सय ५ मत प्राप्त गरेका छन् भने जेब्रा चिन्हमा थापाको ४ हजार २ सय ५९ मत रहेको छ । त्यैगरी नेपाली काँग्रेसका रुद्रप्रसाद चिमरियाले ३ हजार ७ सय ४६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । राप्रपाका उम्मेदवार श्यामशुन्दर ओलीले १ हजार ३ सय २० मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल झापाका भिमप्रसाद अधिकारीले ९९ मत प्राप्त गरेका छन् । मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीले १६ मत बनाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले हाल सम्म १ मत मात्र प्राप्त गरेका छन् ।

उता उप–प्रमुखमा काँग्रेसकी आशा शिवाकोटीको पक्षमा ६ हजार ३ सय ७१ मत प्राप्त भएको छ । एमालेकी उम्मेदवार मञ्जु प्रसाईले ५ हजार ५ सय ६६ मत बनाएर दोस्रो स्थनमा रहेकी छन् । राप्रपाकी सचित्रा खनालले १ हजार १ सय ७ मत प्राप्त गरेकी छन् । समाजवादीकी अम्बिकादेवी महतले ४ सय ८२ मत प्राप्त गरेकी छन् । विवेकशिल साझाकी अम्बिका चापागार्ईले ७१ मत प्राप्त गरेकी छन् । मौलिक जरोकिलोकी शान्ता ढकालले १२ मतमा रहनु परेको छ । त्यसैगरी उन्नत लोकतन्त्रकी विद्यया बराईलीले ७ मत मै चित्त बुझाउनु परेको छ । कनकाईमा २५ हजार ३ सय ४७ मत खसेको छ । हाल सम्ममा १६ हजार ३ सय ३९ मत गणना भईसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 763

प्रतिक्रिया (०)

सम्बन्धित खबर