अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देन अग्रस्थानमा रहेका छन् । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ७७० मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् ।
सूर्य चिन्हका गोम्देनले हाल सम्म ३ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् भने रुख चिन्हमा कार्कीको २ हजार ९ सय २५ मत रहेको छ । त्यैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यकुमार खतिवडाले २ सय ६४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
उता उप–प्रमुखमा एमालेकी खड्गमाया पराजुलीको पक्षमा ३ हजार ५ सय मत प्राप्त भएको छ । गठबन्धन माओवादीका जितेन योन्जनले १ हजार ९ सय ५६ मत बनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 115