

चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ ।

मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

यसअघि सोमबार साँझ पनि मत गणनाका विषयमा प्रमुख जिल्ला अधिकारी र कर्मचारीबीच विवाद भएपछि मत गणना केहीबेर स्थगित भएको थियो ।
त्यसपछि सुरु भएको गणना पनि राति करिब साढे १२ बजेपछि स्थगित भएको हो ।
हाल सम्ममा मेयर पदका उम्मेदवार रेनु दाहाललाई ५३८२ मत र एमालेका विजय सुवेदीले ५३६७ मत प्राप्त गरेका छन् ।
Views: 485


