Aamsanchar

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु

Author Image
मङ्गलवार, जेठ ३, २०७९

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो । सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले पनि गल्ती स्वीकार्दै माफी मागेका थिए । त्यससँगै भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना पुनः सुरु भएको हो ।

एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थलमा सोही प्रकृतिको मतपत्र बदर नगरिएपछि तनावको अवस्था सिर्जना भएको थियो ।

‘एक नम्बरको मतगणनास्थलमा एउटै पदमा सूर्य र हलो देखियो त्यो बदर भयो । तर, ७ नम्बरको गणना स्थलमा रुख र हँसिया हथौडामा एउटै छाप देखियो त्यहाँ भने बदर भएन’, उनले भने, ‘बदर हुने र नहुनेमा दुई पक्षबीच चर्काचर्की हुन पुग्यो ।’

यसबारेमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीसँग राय लिइएपछि बदरको निर्णय सुनाएका थिए । त्यसपछि एमालेका प्रतिनिधिले ‘कर्मचारी बायस्ड र एकपक्षीय छ’ भन्ने आरोप लगाउँदै होहल्ला गर्न थालेका थिए ।
भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। श्रोत: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 487

प्रतिक्रिया (०)