Aamsanchar

कनकाई नगरपालिकाको ताजा मत परिणाम

Author Image
मङ्गलवार, जेठ ३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले अग्रस्थान हासिल गरेका छन् ।

सूर्य चिन्हका पोखरेलले हाल सम्म ७ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने रुख चिन्हका रुद्रप्रसाद चिमरियाले ५ हजार ४ सय ३७ मत प्राप्त गरेर पोखरेललाई पछ्याई रहेका छन् । त्यसैगरी गणना सुरु भएको दुई दिन सम्म अग्रस्थान हासिल गरेका स्वतन्त्र जेब्रा चिन्ह का शेरबहादुर थापा तेस्रो स्थानमा पुगेका छन् । हाल सम्म उनको ५ हजार ३२ मत रहेको छ । राप्रपाका उम्मेदवार श्यामशुन्दर ओलीले १ हजार ८ सय ६१ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल झापाका भिमप्रसाद अधिकारीले १ सय ४८ मत प्राप्त गरेका छन् । मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीले १८ मत बनाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले हाल सम्म ६ मत मात्र प्राप्त गरेका छन् ।

उता उप–प्रमुखमा काँग्रेसकी आशा शिवाकोटीको पक्षमा ८ हजार ८ सय ६६ मत प्राप्त भएको छ । एमालेकी उम्मेदवार मञ्जु प्रसाईले ७ हजार ४ सय १९ मत बनाएर दोस्रो स्थनमा रहेकी छन् । राप्रपाकी सचित्रा खनालले १ हजार ४ सय ७१ मत प्राप्त गरेकी छन् । समाजवादीकी अम्बिकादेवी महतले ५ सय ६७ मत प्राप्त गरेकी छन् । विवेकशिल साझाकी अम्बिका चापागार्ईले ९५ मत प्राप्त गरेकी छन् । मौलिक जरोकिलोकी शान्ता दाहालले १५ मतमा रहनु परेको छ । त्यसैगरी उन्नत लोकतन्त्रकी विद्यया बराईलीले ७ मत मै चित्त बुझाउनु परेको छ । कनकाईमा २५ हजार ३ सय ४७ मत खसेको छ । हाल सम्ममा २१ हजार ७ सय ८१ मत गणना भईसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर