बनियानी । झापाको कचनकवल गाउँपालिकामा एमाले–काँग्रेस गठबन्धनका अध्यक्ष पदका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशी अग्रस्थानमा रहेका छन् । राजवंशीले निकटतम प्रतिष्पर्दी राप्रपाका उम्मेदवार अन्जार आलमलाई ३ हजार ५ सय ४८ मतले पछी पारेर राजवंशीले अग्रस्थान कायम राखेका हुन् ।
रुख चिन्हका राजवंशीलेले हाल सम्म ८ हजार ३ सय १६ मत प्राप्त गरेका छन् भने हलो चिन्हका आलमको ४ हजार ७ सय ६८ मत रहेको छ । त्यैगरी माओवादी केन्द्रका बुद्धिप्रसाद नेपालले २ सय ८४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदका उम्मेदवार एमालेका नवराज भट्टराईले ५ हजार ७ सय ४ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । त्यसैगरी राप्रपाकी निमसरी राजवंशीले ४ हजार ९ सय ३२ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी भागीरथा अधिकारीले ७ सय ३२ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 770