

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११ हजार ७ सय ६५ मत पाएका छन् । प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् ।

उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ५ सय १ मत पाएकी छन् ।

Views: 458

