Aamsanchar

उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, २६ जनाको मृत्यु

Author Image
सोमवार, जेठ २३, २०७९

काठमाडौं : भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्।

चालक र सहचालकसहित २८ तीर्थयात्री बोकेर र मध्यप्रदेशको पाना जिल्लाबाट उत्तराखण्डको यमुनोत्री धाम जाँदै गरेको बस दुर्घटनामा परेको हो भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा गम्भीर भएकाको उत्तराखण्डको अस्पतालमा उपचार भइरहेको छ। उत्तराखण्डका मुख्यमन्त्री शिवराज चौहान घाइतेलाई भेट्न अस्पताल पुगेका छन्। उनले राहत र उद्दारमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मृतकको शव परिवारको इच्छा अनुसार व्यवस्थापन गरिने जनाएका छन्।

यस्तै भारतीय प्राधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख रुपैया र घाइतेको उपचारका लागि तत्काल ५० हजारको राहत घोषणा गरेका छन्।

Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर