

मोरङ। मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर६ स्थित केसलिया रोडबाट ना.।४ख १६७८ नम्वरको टकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Views: 385


