झापा – झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
गौरादह-१ को सडकखण्डमा सोमबार साँझ ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बालकलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यता ट्याक्टर र चालक कमल गाउँपालिका-१ निवासी २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 517