Aamsanchar

पूर्व प्रधानमन्त्री ओली र दुबईका राजकुमार माक्तुम बिच भेट

Author Image
मङ्गलवार, असार ७, २०७९

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गरेका छन्।
माक्तुमले आज ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेटेका हुन् ।

करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘नेपालीहरु धेरै लेवरियस छन् उनीहरुले यूएइको विकासका लागि गरेको योगदान हाम्रा लागि धेरै महत्वको छ’ अध्यक्ष ओलीसँग माक्तुमले भन्नुभयो ।

भेटमा सहभागी स्रोतका अनुसार माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । ‘तपाईंको बारेमा मैले धेरै सुनेको छ । तपाई नेपालको भिजिनरी लिडर हो’ माक्तुमको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो । उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रपति विद्या भण्डारीले केही समय पहिले यूएईको भ्रमण गरेको पनि स्मरण गराउनुभयो ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं युईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागीता थियो । भेटका बिषयमा उपमहासचिव रिमालले भने ‘उहाँहरु बीच शिष्टाचार भेट भयो ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा माक्तुम तीनदिन अघि नेपाल आएका थिए । दुईदिन झापा बसेर हिजो पोखरा भ्रमण गरेर माक्तुम आजै स्वदेश फर्कने जनाइएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 465

प्रतिक्रिया (०)