झापा । झापाको गौरादह नगरपालिका–९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
स्थानीय ४१ बर्षीय बुद्धराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात आफन्तले खोलतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको लाश पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 534